धनगढी पोष्ट https://www.dhangadhipost.com धनगढी पोष्ट - धनगढी पोष्ट en-US hourly 1 Copyright 2025 Sun, 15 Jun 2025 10:10:49 +0545 सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत https://www.dhangadhipost.com/news/6931 Sat, 14 Jun 2025 12:38:19 +0545 https://www.dhangadhipost.com/news/6931 कूल विनियोजनमध्ये चालुतर्फ रु चार अर्ब ८६ करोड ९५ लाख र पूँजीगततर्फ रु तीन अर्ब ९२ करोड ५७ लाख खर्च भएको छ । धनगढी । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सुदूरपश्चिम सरकारको कूल रु आठ अर्ब ७९ करोड ५१ लाख खर्च भएको छ । 
कूल विनियोजनमध्ये चालुतर्फ रु चार अर्ब ८६ करोड ९५ लाख र पूँजीगततर्फ रु तीन अर्ब ९२ करोड ५७ लाख खर्च भएको छ ।  

सोही अवधिमा प्रदेश सरकारको बजेट बचत रु १० अर्ब ९८ करोड नौ लाख र राजस्व घाटा रु तीन अर्ब ६५ करोड ६६ लाख रहेको छ ।  

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आजको प्रदेशसभा बैठकमा चालु आवको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आवमा बजेट विलम्ब गरी आएकाले खर्च प्रभावित भएको जानकारी दिए । 

चालु आवको चैतसम्ममा कूल विनियोजनको अनुपातमा चालु खर्चतर्फ ३७।८ र पूँजीगत खर्चतर्फ २०।९ प्रतिशत खर्च भएको छ । गत आवभन्दा चालु खर्च बढ्दा पूँजीगत खर्च घटेको छ । 

प्रदेशको आन्तरिक आय रु एक अर्ब एक करोड २९ लाख रहेको छ । प्रदेशका स्थानीय तहतर्फ कूल रु ४१ अर्ब ४३ करोड खर्च भएको छ । यस अवधिमा कर राजस्वतर्फ १४।२ प्रतिशत र गैरकर राजस्वतर्फ २५।७ प्रतिशतले वृद्धि भएको मन्त्री थापाले जानकारी दिए । 

कर राजस्व रु ५६ करोड ५७ लाख र गैरकर राजस्व रु ४४ करोड ७१ लाख सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय कूल गार्हस्थ उत्पादन एक हजार ४९६ अमेरिकी डलर हुने अनुमान गरिएकोमा सुदूरपश्चिम प्रदेश प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादनमा वृद्धि भई एक हजार १५३ अमेरिकी डलर हुने अनुमान गरिएको छ ।

कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको ७।०३ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी बागमती प्रदेशको ३६।५२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४।१९ प्रतिशत रहेको बताइएको छ । 

यस्तै चालु आवमा आर्थिक वृद्धिदर सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ३।३२ प्रतिशत, सबैभन्दा बढी गण्डकी प्रदेशको ५।५१ प्रतिशत हुने अनुमान गरिएको छ ।

]]>
अछाममा सुख्खा पहिरोले सडक अवरुद्ध https://www.dhangadhipost.com/news/6930 Sat, 14 Jun 2025 12:35:07 +0545 https://www.dhangadhipost.com/news/6930 सडक माथिबाट झरेको पहिरो अन्दाजी २५ मिटर जति सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रशाद भण्डारीले बताए। अछाम । अछाममा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ। जिल्लाको रामारोशन गाउँपालिका – ५ सैनी रसुबेमा बिहान सवा ४ बजे झरेको सुख्खा पहिरोका कारण  शान्तडा – रामारोशने भित्री सडक खण्ड अवरुद्ध भएको हो।  

सडक माथिबाट झरेको पहिरो अन्दाजी २५ मिटर जति सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रशाद भण्डारीले बताए। पहिरो पछाएर बाटो खोल्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

]]>
कञ्चनपुरमा बालक मृत फेला https://www.dhangadhipost.com/news/6929 Sat, 14 Jun 2025 12:29:58 +0545 https://www.dhangadhipost.com/news/6929 कञ्चनपुरमा १३ वर्षीय वालक मृत फेला परेका छन्। कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीय वालक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ बिजपुरी स्थित संहारी टोल बस्ने बर्ष १३ को शुदर्शन डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अबस्थाबमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार शुदर्शनलाइ सर्पले टोकेको हुन सक्ने अनुुमान गरिएको छ।

]]>