धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026
कोरोना रोकथाम र नियन्त्रणको प्रयास

डोटीको बडीकेदार गाउँपालिकाले बाहिरबाट आउने नाका बन्द गर्ने

डोटीको बडीकेदार गाउँपालिकाले बाहिरबाट आउने नाका बन्द गर्ने

धनगढी

डोटीको बडीकेदार गाउँपालिकाले बाहिरबाट गाउपालिकामा आउने नाकाहरु पुर्ण रुपमा बन्द गर्ने भएको छ ।

कोरोना संक्रमण फैलिन नदिन तथा रोकथाम तथा उपचार सम्वन्धी कार्यलाई व्यवस्थित एवम प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै गाउँपालिकाको कार्यपालिकाको बैठकले नाका बन्द गर्नुका साथै  एक टोलबाट अर्को टोलमा आवतजावत बन्द  गर्ने निर्णय समेत गरेको छ ।

   बैठकले भदौ २१ गतेदेखि ३१ गते रातिसम्म व्यापार, व्यवसाय तथा पसलहरु दिनमा छ घण्टा मात्र सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । कोरोना संक्रमण फैलिन थादेपछि कार्यपालिकाको बैठकले समय तोकेर पसल संचालनको समय तोकेको हो ।

 पशु चौपायाको खरिद बित्रीको कार्य बन्द गर्ने, एम्बुलेन्स, शववाहन, कुटनीतिक नियोग, खाद्यान्न, तरकारी, औषधी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले चलाउने बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय समेत गाउपालिकाले गरेको छ ।

 योजना तथा कार्यक्रमहरु संचालनमा रोक लगाउने निर्णय पनि गाउँपालिकाले गरेको छ ।


ट्रेन्डिङ