धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा कैलालीका २४ सहित थप २७ जनामा संक्रमण पुष्टी

सेतीको परिक्षणमा कैलालीका २४ सहित थप २७ जनामा संक्रमण पुष्टी

धनगढी

 सेती प्रादेसिक अस्पताल धनगढीको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका २४ सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेतीको प्रयोगशालामा पछिल्लो २४ घण्टाको अवधीमा गरिएको ४ सय ६३ जनाको स्वाव परिक्षणमा ७ महिला र २० पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचनाा अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको गोदावरी नगरपालिका १ महिला र ११ पुरुष गरी १२ जना, धनगढी उप–महानगरपालिका–५ का ४, वडा नम्बर–३ का ४, वडा नम्बर–७ का १ र पहिचान नखुलेका तीन गरी १२ जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका २ जना र  भिमदत्त नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 


ट्रेन्डिङ