धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

शनिवार सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

शनिवार सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

शनिवार सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका तिन वटा प्रयोगशालामा गरि ६ सय ७९ जनाको परिक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

  सेती प्रादेशीक अस्पताल धनगढीको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका २४ सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेतीको प्रयोगशालामा पछिल्लो २४ घण्टाको अवधीमा गरिएको ४ सय ६३ जनाको स्वाव परिक्षणमा ७ महिला र २० पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको गोदावरी नगरपालिका १ महिला र ११ पुरुष गरी १२ जना, धनगढी उप–महानगरपालिका–५ का ४, वडा नम्बर–३ का ४, वडा नम्बर–७ का १ र पहिचान नखुलेका तीन गरी १२ जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका २ जना र  भिमदत्त नगरपालिकाका १ जना रहेका छन् ।

 यस्तै डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको १ सय १० जनाको परिक्षणमा बझाङका १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालले बताए । उनका अनुसार संक्रमण पुष्टि हुनेमा केदारस्यू गाउँपालिकाका १०, थलारा गाउँपालिकाका ४ र छब्बिसपाथिभारा गाउँपालिकाका २ जना रहेका छन् ।

यसैगरी शनिवार नै डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डोटी कै दुई जनामा कोरोना संक्रमण पुष्टी भएको   छ ।

 पछिल्लो २४ घण्टामा १ सय ६ जनाको परिक्षण गरिएकोमा डोटीको सायल गाउँपालिका ८ का २६ र ६० बर्षे पुरुष गरी दुई जनामा संक्रमण पुष्टी एको अस्पतालका निमित्त कार्यालय प्रमुख उद्धबबहादुर ठगुन्नाले बताए । यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ६ हजार नाघेको छ ।

 


ट्रेन्डिङ