धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सामुदायिक प्रहरी केन्द्रमा कार्यरत १ सहित ४ प्रहरीमा कोरोना पुष्टि

सामुदायिक प्रहरी केन्द्रमा कार्यरत १ सहित ४ प्रहरीमा कोरोना पुष्टि

धनगढी

 धनगढी स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत १ जना महिला प्रहरीसहित शनिबार ४ जना प्रहरीका कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरीरएको परिक्षणमा कैलालीका २४ मध्य ४ जना नेपाल प्रहरीमा कार्यरत जवान रहेका प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपि मुकेस सिंहले बताए । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण हुने प्रहरीको संख्या ४० पुगेको छ ।

 ती मध्य २१ जना संक्रमण मुक्त भएका छन भने १९ जनाको उपचार भइरहेको एसएसपि सिंहले बताए । उपचाररत सवै प्रहरीको अवस्था भने सामान्य रहेको उनले बताए ।


ट्रेन्डिङ