धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङका १० सहित १२ जनामा कोरोना पुष्टि

बझाङका १० सहित १२ जनामा कोरोना पुष्टि

धनगढी

 आइतबार डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालाबाट थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 डडेल्धुरा अस्पतालमा गरिएको २ सय ८१ स्वाव परिक्षणमा बझाङका १० र डडेल्धुराका २ गरी १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा बझाङको बुङ्गल नगरपालिकाका १० र डडेल्धुराको अमरगढी नगरपालिकाका दुई रहेका छन् ।


ट्रेन्डिङ