धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

डोटी परिक्षणमा अछामका ११ जनामा संक्रमण पुष्टि

डोटी परिक्षणमा अछामका ११ जनामा संक्रमण पुष्टि

धनगढी

  डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

  अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ सय १ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

  प्रयोगशाला इन्चार्ज श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । उनका अनुसार संक्रमण पुष्टि भएका सबै अछामको तुर्माखाँद गाउँपालिकाका हुन् ।