धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भन्सार छली गरेर ल्याउँदै गरेका सामाग्री बरामद

भन्सार छली गरेर ल्याउँदै गरेका सामाग्री बरामद

धनगढी

 भारतबाट भन्सार छलेर ल्याउँदै गरेका ९६ हजार मुल्य बराबरका विभिन्न सामाग्री सशस्त्र प्रहरीले धनगढीका विभिन्न स्थानबाट बरामद गरेको छ ।

 सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण बाट खटिएको टोलिले धनगढी–२ सन्तोषिटोल र वडा नम्बर–१९ फुलवारी ईलाकाबाट भन्सार छलि गरेर नेपाल भित्र्याउदै गरेको अवस्थामो फेन्सी कपडा, हार्डबेयर लगाएतका सामाग्री बरामद गरीएको हो ।

 बरामद सामाग्री कैलाली भन्सार कार्यालयमा बझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।


ट्रेन्डिङ