धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलाली कञ्चनपुरका ६ पुरुष र २ महिला गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 अस्पतालका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा सेती अस्पतालमा ३ सय ७१ जनाको स्वाव परिक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण प्रष्टि हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २ महिला र दुई पुरुष गरी ४ जना, कृष्णपुर नगरपालिकाका १ पुरुष, कैलालीको टिकापुर नगरपालिकाका, धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ