धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा लम्कीचुहाका ६३ सहित थप ७४ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा लम्कीचुहाका ६३ सहित थप ७४ जनामा  संक्रमण पुष्टि

धनगढी

 सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा सोमबार भएको परिक्षणमा कैलालीको लम्कीचुहा नगरपालिकाका ६३ सहित थप ७४ जनामा शंक्रमण पुष्टिभएको छ ।

    पछिल्लो २४ घण्टामा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

 बिज्ञप्ती अनुसार कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुटि भएको बिज्ञप्तीमा उल्ल्ेख छ ।

बिज्ञप्ती अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ