धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भन्सार छली गरेर ल्याउँदै गरेको १ लाख भन्दा बढीको सामान बरामत

भन्सार छली गरेर ल्याउँदै गरेको १ लाख भन्दा बढीको सामान बरामत

धनगढी

 भन्सार छली गरेर भारतबाट अवैध रुपमा कैलाली भित्र्याउँदै गरेको १ लाख  भन्दाबढी मुल्यका सामाग्री सीमा क्षेत्रबाट मरामत गरिएको छ ।

 सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ हेडक्वाटरक्वाटर कैलालीबाट खटिएको टोलीले धनगढी उप–महानगरपालिका–१ कटानबाट १ लाख २३ हजार चार सय मुल्य बराबरको रेडिमेड लेडिज कपडा बरामत गरेको हो ।

 बरामद सामाग्री कैलाली भन्सार कार्यालयलाई बझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ ।


ट्रेन्डिङ