धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका १४ सहति थप १९ जनामा कोरोना पुष्टि

धनगढीका १४ सहति थप १९ जनामा कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालाबाट धनगढीका १४ सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 बुधबार गरिएको ५ सय ७ स्वाव परिक्षणमा धनगढीका १५ सहित थप १९ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 विज्ञप्ति अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा धनगढी उप–हानगरपालिका–१ का दुई पुरुष, वडा नम्बर–२ का एक पुरुष, वडा नम्बर–३ का एक पुरुष, वडा नम्बर–५ का तीन महिलार दुई पुरुष, वडा नम्बर–१३ का १ महिला तथा पहिचान नखुलका ४ पुरुष रहेका छन् ।

 यसै गरी गोदावरी कैलालीका २ महिला र २ पुरुष गरी ४ जना र बाजुराको बडिमालिका नगरपालिका–८ का एक पुरुषमा पनि बुधबार संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


ट्रेन्डिङ