धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुरामा वेवारिसे शव भेटियो

डडेल्धुरामा वेवारिसे शव भेटियो

धनगढी

 डडेल्धुरामा वेवारिसे अवस्थामा युवकको शव फेला परेको छ । बिहीबार जिल्लाको परशुराम नगरपालिका –६ स्थित रंगुन नदीमा अन्दाजी ३२/३३ बर्षे पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

 नाम थर नखुलेको उक्त शव जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । साथै अन्दाजी ५ फिट ६ ईन्च उचाई भएको, कालो कपाल, पँहेलोमा सेतोखैरो धर्का भएको सर्ट, हरियो रंगको गन्जी, निलो रंगको कट्टु लगाएको उक्त शवको पहिचान गरी सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।


ट्रेन्डिङ