भारतबाट आउने भन्दा जानेको संख्या बढ्दै

भारतबाट आउने भन्दा जानेको संख्या बढ्दै

धनगढी

 भारतमा कोरोना महामारी तिब्र गतिमा फैलिरहेको अवस्थामा सुदूरपश्चिमबाट भारत जाने नेपालीको संख्या भने बढ्न थालेको छ ।

 भदौ दोश्रो साता सम्म भारतबाट स्वदेश आउने नेपालीको संख्या उच्च भएपनि त्यस यता फेरी रोजगारीको सिलसिलामा भरत जाने नेपालीको संख्या बढ्न थालेको हो । स्वदेशमा रोजगारीका अवसर नहुदा सुदूरपश्चिमका स्थानीय कोरोनाको प्रवाह नगरी भारत जान थालेका हुन् ।

 भदौ १६ देखी २५ गते सम्म गड्डा चौकी र त्रिनगर नाका भएर चार हजार पाँच सय बढी नेपाली भारत गएकाछन् भने सो अवधीमा दुई हजार को हाराहारीमा नेपाली सुदूरपपिश्चम फर्केको तथ्याङ्क छ ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाका नुसार भदौ २५ गते सम्म गड्डा चौकी नाका भएर दुई हजार १ सय बढी नेपाली भारत गएकोमा ७ सयको हाराहारीमा भारतबाट नेपाली भित्रिएका छन् । उनले नेपाल आउने नागरिकमा भारती नागरिक पनि रहेको बताए ।

 

यसै गरी त्रिनगर भन्सार नाका बाट पनि भदौ १६ गते देखी २५ गते सम्म दुई हजार पाँच सय बढी नेपाली स्वदेश फर्केका छन् ।