धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका ६७ सहित सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा संक्रमण पुष्टि

धनगढीका ६७ सहित सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 आज थपिएका संक्रमित मध्य धनगढी उप–महानगरपालिकाका ६७ सहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आइतबार थपिएका मध्य धनगढी उप–महानगरपालिकाका मात्रै ६७जनामा संक्रमण पुष्टि भएको छ । 

 जसमा ३१ जनाको पहिचान नै नखेलेको जनाइएको छ । यसै गरी पहिचान खेलेका मध्य धनगढी उप–महानगरपालिका वडा नम्बर १ का १८ जना, वडा नम्बर २, ३ र ८ का ४÷४ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ५ का ७ जना, वडा नम्बर १२ का एक÷एक जना गरी ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरी आइतबार नै सेती अस्पतालमा गरिएको परिक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ का २ जना, बेलौरी नगरपालिका–२ का एक जना, कैलालीको गोदावरी नगरपालिका– ५ का एक जना र डडेल्धुराको परशुरम नगरपालिकाका एक जनामा कोरोना संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 आइतबार नै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा गरिएको ८३ जनाको स्वाव परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

 उनका अनुसार अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो, भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डडेल्धुराको अमरगढी नगरपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ