धनगढी
धनगढी स्थित दिनेश सञ्चार गृहमै गएर पत्रकारलाई कुटपिट गरेको तीन दिन सम्म पनि दोषी पक्राउ नपरेको भन्दै कैलालीका पत्रकारले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी धर्ना दिएका छन् ।
आइतबार नोपल पत्रकार महाँसंघ कैलाली शाखाको नेतृत्वमा दोषीलाई तत्काल कारवाहीको माग गर्दै पत्रकारहरुले धर्ना दिएका हुन् । पत्रकार महाँसंघका केन्द्रिय सदस्य मिन बमले तत्काल पत्रकार माथी हातपात गर्ने अपराधी पक्राउ नपरे कडा आन्दोलन गर्ने बताए ।
नेपाल पत्रकार महाँसंघका पूर्व केन्द्रिय सदस्य मनमोहन स्वारले संविधान कार्यान्वयनपछि सान्ति सुरक्षाको अपेक्षा गरिएकोमा त्यसो हुन नसकेको बताए । पत्रकारनै असुरक्षित भएपछि सुरक्षामाथी गम्भिर प्रश्न उठेको उनले बताए ।
नेपाल पत्रकार महाँसंघ प्रदेश अध्यक्ष अर्जुन शाहले प्रहरी नै दोषीलाई बचाउन लागे जस्तो भइरहेको भन्दै आशंका व्यक्त गरे ।
पत्रकार महाँसंघ कैलालीका अध्यक्ष जगत साउँदले पत्रकार माथी दीन प्रतिदिन हमला भइरहँदा प्रहरी मख दर्शक बन्नु हास्यास्पद भएको बताए ।
पत्रकारलाई कुट्दै गरेको भिडियो सार्वजनिक हुँदा समेत प्रहरीले तीन दिन सम्म अपराधीलाई समात्न सकेको छैन’ उनले भने–‘यो प्रहरीको लाचारीपनहो, प्रहरीको यस्तो प्रवृतिले जिल्लाको सुरक्षा नै खस्केको छ ।’
धर्नापछि नेपाल पत्रकार महाँसंघको आह्वानमा कैलाली शाखाको आह्वानमा बसेको भेलाले संयुक्त प्रस विज्ञप्ति जारी गर्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । साथै विज्ञप्तिमा प्रहरी प्रशासनको भूमिका प्रति संका व्यक्त गर्दै त्यसता कार्यको घोर विरोध गरेको छ ।