धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सवारी दुर्घटनामा घाइते क्रिकेटर भण्डारी लाई काठमाण्डौ लगियो

सवारी दुर्घटनामा घाइते क्रिकेटर भण्डारी लाई काठमाण्डौ लगियो

धनगढी

 सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई थप उपचारका  लागि काठमाण्डौं लगिएको छ ।

आइतबार धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गर्दा से १ ख १३२४ नम्बरको ट्रक संग क्रिकेटर भण्डारी सवार म २ प ४७०२ मोटर साइकल ठोकिदा गमिभर घाइते भएका थिए ।

  टाउकोमा चोट लागेका भण्डारीलाई धनगढी स्थित निसर्ग अस्पतालमा प्राथमिक उपचार पछि कोहलपुर रेफर गरिएको थियो । कोहलपुरमा पनि राम्रो उपचार नभएपछि उनलाई आजै काठमोडौं लगिएको उनिसंगै कोहलपुर गएका खेल प्रशिक्षक प्रकाश चन्दले बताए ।

 प्रशिक्षक चन्दका अनुसार क्रिकेटर भण्डारीको खुट्टा र हातमा गम्भिर चोट लागेर अप्रेसन गर्नुपर्ने भएको छ, भने टाउकोमा पनि चोट लागेको छ ।


ट्रेन्डिङ