नयाँ नक्सा संसदबाट दुई तिहाइले अनुमोदन

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २५८ मत खसेपछि पारित भएको छ । बिधेयकको विपक्षमा शून्य मत परेको छ ।

नयाँ नक्सा संसदबाट दुई तिहाइले अनुमोदन

 

छ । 

काठमाडौं

   लिपुलेक कालापनी समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएको छ ।

  नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २५८ मत खसेपछि पारित भएको छ । बिधेयकको विपक्षमा शून्य मत परेको छ ।

   मतदान प्रक्रियामा  भाग लिएका २५८ सांसदले नै बिधेयकको पक्षमा मतदान गरेका थिए । यो संसदको जम्मा संख्या २७५ को दुई तिहाई भन्दा बढी रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव पारित भएको घोषणा गरेका थिए । संसदमा दुई तिहाईका लागि १८४ मत आवश्यक पर्छ ।

  प्रतिनिधि सभामा १२ सांसद अनुपस्थित रहेका थिए  ।

  दार्चला जिल्लामा रहेको र हाल भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको हो ।

   कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।  सो प्रस्तावमाथिको छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।