धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

यस बर्ष १२ महिनाको पढाइ ७ महिनामै सक्ने निर्णय

काठमाडौँ

  कोरोना महामारीका कारण आधा शैक्षिक सत्र खेर गए पनि सरकारले आउँदो चैतमै यो वर्षको शैक्षिक सत्र सक्ने निर्णय गरेको छ ।

  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छोटकरी पाठ्यक्रम सार्वजनिक गर्दै बाँकी सात महिनामै यो वर्षको शैक्षिक सत्र पूरा गर्ने निर्णय सार्वजनिक गरेको हो ।

  सरकारले वैकल्पिक सिकाइलाई मान्यता दिँदै कक्षा १ देखि दशसम्म असोज १ गतेदेखि त्यसै माध्यमबाट पठाउन विद्यालयलाई निर्देशन दिएको छ ।  पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले संश्लेषित पाठ्यक्रम अनुसार बाँकी सात महिनामा यो वर्षको पठनपाठन पूरा हुने जानकारी दिए । उनले छोटकरी पाठ्यक्रमलाई पनि दुई भागमा बाँडेर अध्यापन गराइने बताए ।

 दाहालले भने–‘हामीले पाठ्क्रमलाई दुई भागमा विभाज गरेका  छौं । जसमा विद्यार्थीले आफै पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्नेछन्, त्यस्तै घरैमा पढेर अभिभावकको सहयोगमा पनि पढ्न सक्नेछन् ।’

वैकल्पिक सिकाइका लागि सरकारले अनलाइन, टेलिभिजन, रेडियो तथा अन्य माध्यमबाट पढाइ शुरु गर्न विद्यालयहरुलाई सहजिकरण गर्ने जनाएको छ । त्यसका लागि विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा तथा अन्य सुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयले छलफल चलाइ रहेको महानिर्देशक दाहालको भनाइ छ ।


ट्रेन्डिङ