धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली जिल्ला प्रशासनले पालिका अनुसार सेवा दिने

कैलाली जिल्ला प्रशासनले पालिका अनुसार सेवा दिने

धनगढी

 कोरोना संक्रमणको जोखिम बढेपछि भदौ २१ देखी जिल्ला  प्रशासन कार्यालय कैलालीबाट स्थगित सेवा बुधबार देखी सुचारु हुने भएको छ ।

 मंगलबार जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको विज्ञप्ति अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका कामहरु स्थानीय तह अनुसार फरक फरक बारमा प्रवाह हुने छन् ।

 जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिबराज जोशीको अनुसार बुधबार देखी गोदावरी नगरपालिकाका नागरिकले आइतबार र बुधबार, चुरे गाउापालिकाका नागरिकले सोम बार र बुधबार, कैलाली गाउँपालिकाका नागरिकले सोमबार र बिहीबार, तथा धनगढी उप–महानगरपालिकाका नागरिकले मंगलबार र शुक्रबार प्रशासनबानट उपलब्ध सेवा प्राप्त गर्न सक्नेछन् ।

 यस बाहेकका स्थानीय तहले भने सम्बन्धित स्थानीय तहको निर्णय अनुसार सम्बन्धित इलाका प्रशासनबाटै सेवा प्राप्त गर्ने छन् ।


ट्रेन्डिङ