धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सुदूरपश्चिममा सार्वजनिक सवारी चल्न हुन एक /दुई दिन लाग्ने

सुदूरपश्चिममा सार्वजनिक सवारी चल्न हुन एक /दुई दिन लाग्ने

धनगढी

 सरकारले असोज १ गते देखी लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि सुदूरपश्चिममा भने एक÷दुई दिन पछि मात्रै यातायात सञ्चालन हुने भएका छन् ।

 लामो समय सम्म सवारी थन्किदा गाडीका पाटपूर्जा बिग्रेंको हुन सक्ने भएकाले सवारीको पूर्ण मर्मत गरे मात्रै सञ्चालन गर्ने तयारीका कारण सुदूरपश्चिममा एक÷दुई दिन ढिला गरी सवारी सञ्चालन हुने भएका हुन् ।

 ‘लामो समय देखी सवारी थन्काउँदा पाटपूर्जा विग्रेकमा छन् सवारी धनी राम पाण्डेले भने–‘आजै सवारी चलाउँदा बाटोमा समस्या भएर यात्रुले दुःख पाउन सक्दछन्, त्यसैले सवारी मर्मत गरेर मात्रै चलाउने योजना बनाएका हौ ।

 सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले सवारी धनिलेनै आज देखी सवारी गुडाउन नसक्ने धारण राखेको बताए ।

 सवारी धनिले सार्वजनिक सवारी मर्मत गरेर मात्रै चलाउनछौं भनेका छन् अध्यक्ष साप्कोटाले भने–‘समितिले पनि त्यसै अनुसार दुई दिन ढिलो काउण्टर खोल्ने निणर्य गरेको छ ।

सरकारी नियनम अनुसार ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ ।

 एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ । चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने र यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने मापदण्ड बनाइएको छ ।


ट्रेन्डिङ