धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

श्राद्ध खाएर बिरामी भएकाहरु अझै निको भएनन्

श्राद्ध खाएर बिरामी भएकाहरु अझै निको भएनन्

धनगढी

 श्राद्ध खाएर विरामी परेका गोदावरी नगरपालिका १० खुमौराका स्थानीय बिहीबार सम्म निको भएका छ्रैनन् ।

गोदावरी नगरपालिका१० का वडा अध्यक्ष रबिन्द्र शाहीका अनुसार बुधबार वेलुका थप १ गरी १९ जना श्राद्ध खाएका गाउँले विरामी परेका छन् ।

 स्वास्थ्यमा गम्भिर समस्या देखापरेका उनिहरुको धनगढी तथा अत्तरियाका विभिन्न अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष शाहीले बताए ।

 श्राद्ध भोज खाएर विरामी परेका मध्य १ जनाको मृत्यू भएकोमा अझै १९ जना उपचारका क्रममा रहेका गोदावरी १० का वडा अध्यक्ष शाहीले बताए ।

 उनका अनुसार बुधबार १७ जना विरामी परेकोमा बिहीबार थप १ जनालाई अस्पताल भर्ना गरिएको छ । हाल सेती प्रादेशिक अस्पतालमा ९, मामेट्रो अस्पतालमा २, नवजीवन अस्पतालमा ३ र अत्तरिया स्थित पद्मा अस्पतालमा छाँच जनाको उपचार भइरहेको वडा अध्यक्ष शाहीले बताए ।

 भदौ २७ गते गोदावरी नगरपालिका१० खुमौरा स्थित एक घरमा श्राद्ध भोज खाएपछि सोही दिन वेलुका देखी श्राद खाएका सवै विरामी परेका थिए । बिरामी पर्नेमा श्रद्ध मनाएकै परिवारका तीन जना समेत रहेका वडा अध्यक्ष शाहीले बताए ।

 उनका अनुसार विरामी परेका हरुमा पखाला चल्ने र बान्ता हुने समस्या देखापरेको छ । सुरुमा स्थानीय स्तरमै उपचार गरेपनि स्वास्थ्यमा गम्भिर समस्या देखापरेपछि सेती प्रादेशिक अस्पताल लगायत सुबिधा सम्पन्न निजी अस्पतालमा बिरामीको उपचार थालिएको हो ।

 विरामी मध्य खमौराका सुरेश बोहराको मृत्यु भइसकेको छ ।


ट्रेन्डिङ