धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

३ दिन देखी सम्पर्क बिहीन पत्रकार मृत अवस्थामा भेटिइन्

३ दिन देखी सम्पर्क बिहीन पत्रकार मृत अवस्थामा भेटिइन्

धनगढी

 ३ दिन देखी समपर्क विहिन बनेकी कैलालीकी एक पत्रकार मृत फेला परेकि छन् ।

कैलालीको घोडाघोडी नगरपालिका सुख्खड स्थित रेडियो कैलाली एफएममा कार्यरत २३ बर्षिया पत्रकार निर्मला पहराई आज मात्रै झुण्डिएको अवस्थामा घोडाघोडी नगरपालिका–५ स्थित फूलवारी सामुदायिक वनमा मृत भेटिएकी प्रहरीले जनाएको छ ।

 आफुलाई सन्चो नभएको भन्दै भदौ ३१ गते घर विदामा बसेकी उनि सोही दिन देखी देखी सम्पर्क विहिन थिइन । मृत अवस्थामा भेटिएकी पत्रकारको हत्या भएको आफन्तको आरोप छ ।

 ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाई थप अनुसन्धान भइरहेको बताए ।


ट्रेन्डिङ