नगढी
नेपालको संविधान प्रति असन्तष्टी जनाउँदै संविधान संसोधनको माग राख्दै आएको जनता समाजबादी पार्टी कैलालीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाएको छ ।
धनगढी स्थित क्याम्पसरोडमा र्याली सहित टाउकोमा कालो पट्टी बाँधेर जसपाले संविधान दिवसलाई कालोदिनका रुपमा मनाएको हो । असोज ३ गते संविधान दिवस रहेकामा जसपाले भने आफुहरुका अधिकार संविधानले शुनिश्चित नगरेको भन्दै दिवसलाई कालोदिनका रुपमा मनाएको साविक समाज पार्टीका कैलाली अध्यक्ष गया प्रसाद कुस्मीले बताए ।
वर्तमान संविधानमा उत्पिडित तथा पछाडी परेका समुदायलाई संरक्षण गर्ने र अधिकार शुनिश्चित गर्ने ग्यारेण्टि नगरेको र आफुहरुको असन्तुष्टिकै विच जबर जस्ती संविधान जारी गरिकाले संविधानलाई कालोदिनका रुपमा मनाइएको उनले बताए ।
उनले आफ्नो अधिकारका लागि लड्दा थारुहरुलाई अपराधी भन्दै सरकारले बन्दि बनाएको भन्दै टिकापुर घटनालाई राजनीतिक मुद्धा बनाउनुपर्ने बताए । पूर्व एमाले, माओवादीले विभिन्न नाममा युद्ध गर्दै हजारैं नागरिकलाई मार्दा सो घटना राजनीतिक हुन्छ’ उनले प्रश्न गर्दै भने–‘तर थारुले आफ्नो अधकारका लागि आन्दोलन गर्दा अपराध हुने यो कस्तो न्याय हो ?, यस्तो न्याय दिने संविधान हामी मान्दैनौं, यो हाम्रा लागि कालो दिन नै हो ।’
प्रदेशसभा सदस्य मालामती रानाले संविधानले मेधेसी, जनजाती तथा थरु समदायलाई विभेद गरेको बताइन् । ‘हाम्रा अधिकार संविधानमा शुनिश्चित छैनन्’ उनले भनिन्–‘यस्तो संविधान मान्नुको कुनै औचित्य छैन ।’
कार्यक्रममा साविक समाजवादी पार्टीका केन्द्रि सदस्य मिनराज बडु, साविक राजपाका केन्द्रिय सदस्य फोनिराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।