धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

बाजुरामा स्क्रब टाईफसका बिरामी भेटिए

धनगढी

  सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा पहिलो पटक स्क्रव टाइफसका विरामी फेला परेका छन् ।

 बाजुरा स्वास्थ्य कार्यालयका अनुसार बाजुरामा हाल ४ जनामा स्क्रव टाइफस फेला परेको छ । उनिहरु मध्य ३ जनाको जिल्ला अस्पताल बाजुरा र १ जनाको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताए ।

 बडिमालिका नगरपालिका ३ जनामा जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा चेक जाँच गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले वताए ।

स्क्रव टाइफस सरुवा रोग भएकाले बिरामीको सम्पर्कमा आएका आफन्तको समेत चेक जाँच गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मुसा चरा आदिमा हुने एक किसिमको किर्नाको टोकाइबाट सर्ने रोग भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख पन्तले वताएका छन् ।

 १ सय ४ डिग्री भन्दा बढि ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिने, कालो दाग बस्ने यस रोगका मुख्य लक्षण भएका चिकित्सकले बताएका छन ।


ट्रेन्डिङ