धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका १४ सहित सेतीको परिक्षण्मा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीका १४ सहित सेतीको परिक्षण्मा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी उप–महानगरपालिकाका १४ जना सहित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएमको छ ।

 पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ३ सय ८ जनाको स्वाव परिक्षणमा धनगढीका १४ सहित कैलालीका २६, बैतडीका १ र कञ्चनपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सेती प्रादेशिक अस्पतालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आज धनगढी उप–महानगरपालिका वडा नम्बर १ का १, वडा नम्बर–२ का २, वडा नमबर–३ का ६, वडा नम्बर–१२ का २, वडा नम्बर १७ का २, वडा नम्बर १९ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यसै गरी सेतीमै गरिएको परिक्षणमा कैलालीको घोडाघोडी नगरपालिका–१ का ६ जना, भजनी नगरपालिकाका १ जना, गोदावरी नगरपालिकाका ३ र कैलारी गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

 सोमबार नै गरिएको परिक्षणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १ जना, महाकाली नगरपालिकाका १ जना,  पुनर्वास नगरपालिकाका २ र वेदकोट नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बैतडीको सुर्नयाँ गाउँपालिका–४ का १ जनामा पनि सोमबार गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतााले जनाएको छ ।


ट्रेन्डिङ