धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भारतमा कोरोनाबाट ९० हजार भन्दा बढीको मृत्यु

भारतमा कोरोनाबाट ९० हजार भन्दा बढीको मृत्यु

काठमाडौं

 भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार भन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट ९० हजार २० जनाको मृत्यु भएको छ ।

 पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ४७ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८५ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या ५६ लाख ४६ हजार पुगेको छ ।

  अहिले ९ लाख ६८ हजार ३ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । भारत विश्वमै सबैभन्दा दोस्रो धेरै संक्रमित रहेको देश हो ।


ट्रेन्डिङ