धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका थप २६ सहित सेतीको परिक्षणमा ३६ जनामा कोरोना पुष्टि

धनगढीका थप २६ सहित सेतीको परिक्षणमा ३६ जनामा कोरोना पुष्टि

धनगढी

 बुधबार धनगढीमा मात्रै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा भएको परीक्षणमा बुधवार धनगढीका २६ सहित कैलाली कञ्चनपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 उनका बुधबार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–भमहानगरपालिका वडा नम्वर १३ का ८ जना रहेका छन् । यसै गरी धनगढी– १, ३ र ५ नम्बर वडाका दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 बुधबार नै सेतीमा गरिएको परिक्षणमा कैलालीको गोदावरी नगरपालिकाका ४ महिलार ४ पुरुष गरी ८ जना, भजनीका १ कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ