धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मुम्बई संग स्तब्ध कोलकाता

मुम्बई संग स्तब्ध कोलकाता

धनगढी

 युयइमा जारी इण्डियन प्रिमिय लिग (आइपियल) अन्तरगत बुधबार रातीको खेलमा मुम्बईसँग कोलकता स्तब्ध बनेको छ ।

 पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रनको बलियो स्कोर खडा गरेको थियो र यो नै जितको आधार रह्यो । त्यस चुनौती सामु कोलकाता २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमै सीमित रह्यो ।

 कोलकाताका लागि कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । कप्तान दिनेश कार्तिकले ३० रन बनाए । प्याट कुमिन्सले बनाएको ३३ रन नै सर्वाधिक ठूलो स्कोर सावित भयो । यस्तै नितिश राणाले २४ रन बनाए । अन्य कोही पनि ब्याट्सम्यानले राम्रो गर्न सकेनन् ।

 यसअघि मुम्बईका लागि कप्तान रोहित शर्मा (तस्बिरमा शट हान्दै) ले ५४ बलमा ८० रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । यस्तै सूर्यकुमार यादवले २८ बलमा ४७ रनको गतिलो योगदान दिए ।

 उनीहरूले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । बिहीबार दुबईमा किंग्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ ।


ट्रेन्डिङ