कैलाली
बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिला रहेकी छन्। उनको मंगलबार बिहान मृत्यु भएको हो।
ती महिना मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहितकुमार धानुकले जानकारी दिए। उनले भने, ‘उनको स्वास्थ्य अवस्था सोमबारसम्म सामान्य रहेपनि आज बिहानै मृत्यु भएको हो।’ उनका अनुसार उनी त्यहीँ जेठ १६ गते गौरीफन्टा नाकाबाट हुँदै बैतडी पुगेकी थिइन्।
उनी जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसिरहेकी थिइन्। मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टाइनमै बसिरहेका थिए। कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गर्ने तयारी भइरहेको छ। साथै पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
Top of Form
Bottom of Form