धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोना संक्रमणका कारण सुदूरपश्चिममा थप एकको मृत्यु

कोरोना संक्रमणका कारण सुदूरपश्चिममा थप एकको मृत्यु
file photo

धनगढी

कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–३ का अन्दाजी ३० बर्षे पदम बोहरा रहेका छन् । भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका–१ स्थित लामाधारमा मृत भेटिएका थिए ।

मृतक बोहराको डडेल्धुरा अस्पतालमा स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए । फोकल पर्सन जोशीका अनुसार उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने छ ।

बोहराको मृत्यु संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण मृतयु हुको संख्या १४ पुगेको छ ।


ट्रेन्डिङ