धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला

धनगढी

धनगढी उपमहानगरपालिका–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन् ।

  सुर्खेतको लेखबेँसी नगरपालिका–१ घर भई हाल सशस्त्र प्रहरी बल विओपी बेस जुगेडामा कार्यरत अन्दाजी २१ वर्षका सशस्त्र प्रहरी जवान कुमार सारु मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

 उनले सशस्त्र जवान सारु पानी भित्र मृत अवस्था फेला परेको बताए । के कसरी मृत अवस्थामा फेला परे भन्ने बारे थप अनुसन्धान भईरहेको उनले बताए ।

 

 


ट्रेन्डिङ