धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
कोरोना कहर

२ बर्षीय बालिका सहित  ९ जनामा कोरोना पुष्टी

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा  २ बर्षीया बालिका सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गोपाल भट्ट
धनगढी । 
    सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा  २ बर्षीया बालिका सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

   धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप नौँ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

   २४ घण्टामा थपिएका संक्रमित हरुमा डोटीका चार, अछामका तीन र कैलालीका दुई जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए । ती मध्य ७ जना पुरुष र २ जना महिला रहेका छन् । कैलालमिा संक्रमण हुनेमा २ बर्षीय बालिका समेत रहेको श्रेष्ठले बताए  ।

   यससंगै सुदूरपश्चम प्रदेशभर कोरोना संक्रमितको जम्मा संख्या संख्या दुई सय ६४ पुगेको छ ।


ट्रेन्डिङ