धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एकैदिन झण्डै १६ सय जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन झण्डै १६ सय जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 नेपालमा एकै दिन १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 देशभरका प्रयोगशालामा १० हजार १ सय २३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस सँगै कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

  उनीहरुमध्ये ४ सय ७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८ सय ९८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

  देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


ट्रेन्डिङ