धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

सोमबार धनगढीका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार धनगढीका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी 
 धनगढीमा सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको  परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 
 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा धनगढी– नम्बर ६ का ९ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर ३ का २ जना र वडा नम्बर २ र ४ का एकरएक जना रहेका छन्  । 


ट्रेन्डिङ