धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका २६ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका २६ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा सोमबार कैलालीका २६ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २ सय ३३ जनाको स्वाव परिक्षण गरिएको थियो ।

सोमबार संक्रमण पुष्टि हुनेमा धनगढीका ९ महिला र ९  पुरुष गरी १८ जना, घोडाघोडीका १ महिला १  पुरुष, जोशिपुरका १ महिला १ पुरुष रहेका छन् ।

 यसै गरी कञ्चनपुरको भिमदत्तनगर नगरपालिका–११ का १ महिला ६ पुरुष र शुक्लाफाँटा नगरपालिकाका १ पुरुषमा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ