धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका २० सहित थप २९  जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका २० सहित थप २९  जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 मंगलबार कैलालीका २० सहित सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २८ र डडेल्धुरा अस्पतालको प्रायोगशालामा १ जना गरी मंगलबार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

 सेती प्रादेशिक अस्पतालमा गरिएको २ सय ६१ जनाको स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिकाका १३, लम्किचुहा नगरपालिकाका ३, मोहन्याल जानकी गाउँपालिकाका १÷१ जना तथा गोदावरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

 मंगलबार नै कञ्चनपुरको पुनर्वास नगरपालिकाका २, वेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका १÷१ र डोटीको केआई सिंह गाउँपालिकाका १ जना तथा ठेगाना नखुलेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 मंगलबार नै डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ७२ जनाको स्वाव परिक्षणमा अजय मेरु गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका ल्याव इन्चार्ज जिनी गणेजुले बताए ।


ट्रेन्डिङ