धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

सुदूरपश्चिमका ८३ प्रतिशत कोरोना संक्रमित निको भए

सुदूरपश्चिमका ८३ प्रतिशत कोरोना संक्रमित निको भए

धनगढी

   सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भई निको हुनेको संख्या ६  हजार नाघेको छ ।

  बुधबार कञ्चनपुर, डोटी, डडेल्धुरा र बझाङका गरी २६ जना संक्रमित निको भएर घर फर्के संगै प्रदेशमा संक्रमण निको हुनेको संख्या ६ हजार १ सय ३६ पुगेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

 सुदूरपश्चिम प्रदेशमा हाल ७ हजार ३ सय ४५ जनामा संक्रमण पुष्टि भएकोमा ८३ दशमलव ४३ प्रतिशत संक्रमित निको भएर घर गएका सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 निर्देशनालयका अनुसार सुदूरपश्चिममा हाल सम्म ८४ हजार ९ सय ७५ जनाको स्वाव परिक्षण गरिएकोमा ८३ हजार ९ सय ८० जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ७ हजार ३ सय ४५ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ८५ जनाको परिक्षण रिपोर्ट आउन बाँकी छ ।