धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा बिहिवार थप ३२ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा बिहिवार थप ३२ जनामा संक्रमण पुष्टि

धनगढी

  बिहिवार सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार वटा प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

   सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २, ३, ४ र ५ का एक÷एक जना, गौरीगंगा नगरपालिका वडा नम्वर ११ का एक जना, चुरे गाउँपालिका वडा नम्वर ४ का एक जना, गोदावरी नगरपालिकाका दुई जना र भजनी नगरपालिकाका चार जनामा संक्रमण पुष्टि भएको छ ।

  यस्तै कञ्चनपुरको बेलौरीका एक जना, पुनरवासका दुई जना, महाकालीका एक जना, डडेल्धुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

   डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ९३ जनाको कोरोना परीक्षण भएकोमा सात जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको बताए । 

  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाका अनुसार बिहिबार पुष्टि हुनेमा सुर्नया गाउँपालिका वडा नम्वर ५ का ३३ वर्षीय पुरुष रहेका छन् ।

 जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६५ जनाको कोरोना परीक्षण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भने पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


ट्रेन्डिङ