धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दार्चुलाका १५ सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुलाका १५ सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 शुक्रबार दार्चुलाका १५ र बैतडीका २  सहित थप १७ जनामा कोरोना संक्रमाण् पुष्टि भएको छ ।

 बैतडी जिल्ला अस्पतालको प्रयोगशालमा गरिएको ४४ जनाको स्वाव परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

 अस्पतालका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाका अनुसार दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला तथा लेकम गाउँपालिकाका १ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।

 बैतडीकै प्रयागशालामा बिहीबार नै बैतडीको पाटन नगरपालिका सिगास गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।


ट्रेन्डिङ