धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका ३६ सहित सेतीको परिक्षणमा थप ९७ जनामा संक्रमण पुष्टि

धनगढीका ३६ सहित सेतीको परिक्षणमा थप ९७ जनामा संक्रमण पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिकाका ३६ सहित थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा सेतीमा गरिएको ४ सय ८२ जनाको स्वाव परिक्षणमा कैलालीका ९१, कञ्चनपुरका ५ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिकाका ३६, गोदावरी नगरपालिकाका ३२, घोडाघोडी नगरपालिकाका ४, जानकी गाउँपालिकाका ५ र बर्दगोरिया गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यसै गरी कञ्चनपुरको भिमदत्तनगर नगरपालिकाका २, वेलौरी नगरपालिका, पुनरर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका १÷१ जनागरी ५ जना तथा दार्चुलाका १ जनामा पनि सेतीको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ