धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

तेघरी ब्यारेकका ४५ सेनामा कोरोना संक्रमण

तेघरी ब्यारेकका ४५ सेनामा कोरोना संक्रमण

धनगढी

 कैलालीको तेघरी ब्यारेकमा कार्यरत ४५ जना सैनिकमा कोरोना पुष्टि भएको छ ।

  शुक्रबार सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३२ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित सैनिकको संख्या ४५ पुगेको हो ।

   शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा भवानी दल गण तेघरी ब्यारेकमा कार्यरत थप ३२ जना सैंनिकमा कोरोना पुष्टि भएको हो  । यस अघि असोज ११ गते तेघरी ब्यारेकमा कार्यरत १३ जना सैनिक कोरोना पुष्टि भएको थियो ।