धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कञ्चनपुरको गड्डा चौकीबाट १२ जुवाडे पक्राउ

कञ्चनपुरको गड्डा चौकीबाट १२ जुवाडे पक्राउ

धनगढी

 कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित गड्डा चौकीबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

 भीमदत्त नगरपालिका१० को गड्डाचौकी स्थित कार्की होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा ४५ हजार छ सय नगद सहित भीमदत्तकै १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए । उनिहरु सवैलाई नियन्त्रणमा लगेर थप अनुसन्धान भइरहेको उनले बताए ।


ट्रेन्डिङ