धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका २५ सहित सेतीको परिक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि

धनगढीका २५ सहित सेतीको परिक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि

धनगढी

 धनगढी उप–महानगरपालिकाका २५ सहित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाकोअवधिका सेतीमा गरिएको ४ सय ६ जनाको स्वाव परिक्षणमा धनगढीका २५ सहित कैलालीका २८ जना र कञ्चनपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइतबार धनगढीका २५, टिकापुर नगरपालिकाका २, गोदावरी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यसैगरी आइतबार नै सेतीको परिक्षणमा कञ्चनपुरको वेदकोट नगरपालिकाका ४ जना, केलौरी नगरपालिकाका २ जना र पुनर्वास नगरपालिकाका १ जनामा कोरोना संक्रमाण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ