धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका ५४ सहित थप ६९ जनामा कोरोना पुष्टि

कैलालीका ५४ सहित थप ६९ जनामा कोरोना पुष्टि

धनगढी

  सेती प्रदेशीक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा कैलालीका ५४ सहित ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो ।

 बिज्ञप्ती अनुसार  धनगढी उप–महानगरपालिकाका ४१ जनामा संक्रमण पुष्टि भएको छ । बिज्ञप्ती अनुसार वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का तीन÷तीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यस्तै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का दुई जना र भजनी नगरपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख   छ ।

  यसैगरी कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ