धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोनाबाट थप १५ जनाको मृत्यु

कोरोनाबाट थप १५ जनाको मृत्यु

धनगढी

   नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँच महिला र १० पुरुष रहेका  छन् ।

  मन्त्रालयका अनुसार मोरङका ४० र ६० वर्षीय पुरुष, सिरहाकी ५० वर्षीया महिला, रौतहटकी ७२ वर्षीया महिला, काठमाडौँका ६६ र ७२ वर्षीया महिला तथा ४५, ५३, ६४ र ३९ वर्षीय पुरुष, ललितपुरका ४६ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय पुरुष, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

 यस सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ ।

 


ट्रेन्डिङ