धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका दुई ठाउँबाट डेढ लाख भन्दा बढी नगद सहित १७ जुवाडे पक्राउ

धनगढी

प्रहरीले कैलालीका दुई ठाउँबाट डेढ लाख भन्दा बढी नगद सहित १७ जना जुवाडे पक्राउ गरेको छ ।

   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक लबिष्टका अनुसार ईलाका प्रहरी कार्यालय सुखडबाट खटिईएको प्रहरी टोलीले मंगलबार राती घोडाघोडी न.पा.१० आमखोयाबाट नगद .१ लाख ३५ हजार ५ सय,तास २ गड्डी र मण्डी १ थान सहित ११ जनालाई पक्राउ गरेको छ ।

   यसैगरी ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मंगलबार राती नै लम्कीचुहा नगरपालिका वडा नं.२ मा एक गड्डी तास र नगद ३२ हजार ५ सय ५० सहित ६ जनालाई पक्राउ गरिएको प्रहरी प्रबक्ता बिष्टले जानकारी दिए ।

 


ट्रेन्डिङ