धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका १९ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका १९ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका १९ सहित सुदूरपश्चिमका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालमा गरिएको ३ सय १३ तथा डोटी अस्पतालको प्रयोगशालामा  गरिएको ६४ स्वाव परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 बिहीबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको ३ सय १३ स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिकाका १२, गोदावरी ६, गौरिगंगा १ गरी कैलालीका १९, महाँकली १ र वेतकोट ४ गरी कञ्चनपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 यसैगरी बिहीबार नै डोटी अस्पतालमा गरिएको ६४ जनाको स्वाव परिक्षणमा अछामको साँफेबगर नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याव इनचार्ज शौरभ श्रेष्ठले बताए ।


ट्रेन्डिङ