धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

बैतडीको पाटन नगरपालिका एक हप्ताका लागि सिल

बैतडीको पाटन नगरपालिका एक हप्ताका लागि सिल

धनगढी

 कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैतडीको पाटन नगरपालिका १ साताका लागि सील गरिएको छ ।

 शुक्रबार नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएको थियो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुइजना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

 यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए ।