धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

सुदूरपश्चिममा कोरोना संक्रमित १९ जनाको मृत्यु

सुदूरपश्चिममा कोरोना संक्रमित १९ जनाको मृत्यु
file photo

धनगढी

 सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।

शनिबार राती सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएसंगै प्रदेशभर मृत्यु हुनेको संख्या १९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 शनिबार मृत्यु हुनेमा धनगढी३ का ५२ बर्षे पुरुष रहेका छन् । उनि स्वास्थ्यमा गम्भिर समस्या देखापरेपछि असोज २० गते अस्पताल भर्ना भएका थिए । उनि संगै कैलालीमा संक्रमणका कारण मृत्यु हुनेको संखया १० पुगेको छ ।

 यसै गरी अछाममा २, बझाङमा २ र बाजुरामा २ तथा कञ्चनपुर, डडेल्धुरा र बैतडीमा १÷१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञपितमा उल्लेख छ ।


ट्रेन्डिङ